कतार भ्रमण को लागी प्रारम्भिक नेपाली क्रिकेट टिम को घोषणा

अधिकांस सिनियर खेलाडी हरुलाइ आराम दिदै नेपाल क्रिकेट संघ (क्यान) ले कतार बिरुद्दको मैत्रीपुर्ण सिरिजको लागि १८ जना खेलाडी हरुलाइ बन्द प्रशिक्षणमा बोलाएको छ ।

राजधानीमा जारी प्रधानमन्त्री कपमा प्रभाबशाली प्रदर्शन गर्ने खेलाडीहरु समेत सामेल गर्दै क्यान ले १८ जना खेलाडी लाई बन्द प्रशिक्षण मा बोलाएको हो । १८ जना खेलाडी हरु मा धेरै जस्तो युबा खेलाडी हरुलाइ मौका दिइएको छ ।

टिम को नेतृत्व कसले गर्ने भनेर चाहिँ खुलाइएको छैन । तर रास्ट्रीय क्रिकेट टिम का उपकप्तान दिपेन्द्र सिंह ऐरी ले टिम नेतृत्व गर्ने प्रबल सम्भावना रहेको बताइएको छ।
कतार भ्रमण को लागि घोषणा भएको प्रारम्भिक टोलि यस्तो छ ।
बिनोद भण्डारी
सन्दिप जोरा
आसिफ शेख
कुशल भुर्तेल
सागर ढकाल
बिबेक यादब
सौरभ खनाल
भुवन कार्की
कुशल मल्ल
लोकेश बम
कमल सिंह ऐरी
अबिनाश बोहोरा
दिपेन्द्र सिंह ऐरी
पवन सराफ
कृष्ण कार्की
सोमपाल कामी
करण केसी
साहाब आलम
आज बन्द प्रशिक्षण मा बोलाइएका खेलमैदान हरुलाइ नेपाल का नब नियुक्त कोच डेभ वाट्मोर ले फेब्रुअरी १ देखी प्रशिक्षण दिन सुरु गर्ने छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments