तेस्रो टि २० मा अष्ट्रेलिया द्वारा न्युजिल्याण्ड पराजित

न्युजिल्याण्ड बिरुद्ध को तेस्रो टि २० मा अष्ट्रेलिया बिजयी भएको छ । २०९ रनको लक्ष्य लिएर मैदान मा उत्रिएको न्यु जिल्याण्ड १४४ रन मै समेटियो । न्यु जि ल्यान्ड को लागि मार्टिन गुप्टिल ले ४३ तथा कोन्वे ले ३८ रन बनाउनु बाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन । न्यु जिल्याण्ड लाई सस्तैमा समेट्न स्पिनर एस्टोन अगर एक्लै ले ६ विकेट लिए भने आज मात्र अन्तर्राष्ट्रिय क्रिकेट मा डेब्यु गरेका रिले मेरेदिथ ले २ विकेट लिए । यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलिया ले २० ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । अष्ट्रेलिया को लागि ग्लेन म्याक्स्वेल ले सर्बाधिक ७० रन बनाए भने कप्तान आरोन फिन्च ले ६९ रन को योगदान दिए । त्यस्तै जोस फिलिपे ले ४३ रन बनाए । आज को खेल संगै ५ खेल को सिरिज न्युजिल्याण्ड २-१ मा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments