नेपाल द्वारा नेदरल्यान्डस ९ विकेट ले पराजित
ट्राइ नेसन्स टी ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेल मा नेपाल ले नेदरल्यान्ड लाई ९ विकेट ले हराएको छ । टि यु क्रीकेट ग्राउन्ड मा नेदरल्यान्ड ले दिएको १३७ रनको लक्ष्य सहित जबाफी ब्याटिङ गरेको नेपाल ले १५ ओभरमा १ विकेट गुमाउदै उक्त लक्ष्य पूरा गर्यो ।
नेपाल को लागि डेब्यु खेल खेलिरहेका कुशल भुर्तेल ले ६२ रनको उत्कृष्ट पारी खेले ४५ बलको सामना गरेका उनले ५ छक्का र ५ चौका सहित ६२ रन बनाएका हुन । त्यस्तै अर्का डेब्युटेन्ट आशिफ शेख ले पनि अर्धशतक प्रहार गरे उनले नट आउट ५४ रन बनाए र कप्तान ज्ञानेन्द्र मल्ल ले नट आउट १३ रन बनाए ।
यस अघि बिहान टस जितेर नेपाल ले पहिलो फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङ गरेको डच टिम ले २० ओभरमा ४ विकेट गुमाउदै १३६ रन बनाएको थियो ।
नेदरल्यान्ड को लागि बास डी लीड ले सर्बाधिक ४१ रन बनाएका थिए यस्तै स्कट इड्वर्ड्स ले ३० रनको योगदान प्रहार गरे । बलिङ तर्फ नेपाल का सन्दीप लामिछाने ले २ तथा सोमपाल कामी र साहाब आलम ले १/१ विकेट हात पारेका थिए ।
खेलमा ६२ रनको बिस्पोटक ब्याटिङ गरेका कुशल भुर्तेल म्यान अफ दी म्याच भए । भोलि हुने दोश्रो खेलमा नेदरल्यान्ड र मलेसिया बिच हुने छ ।