टि ट्वान्टी बिश्वकपको ठिक अगाडि घरेलुु मैदान मै एकाएक धर्मराएको नेपाली क्रिकेट
पछिल्लो केही बर्ष यता नेपाली क्रिकेट निकै उचाइ मा आफ्नो उडान भरिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा एकपछि अर्को सफलता पाउदै गएको नेपाली क्रिकेटको चर्चा दिनानुदिन बढ्ने क्रममा छ । केही बर्ष अघिसम्म बर्ष मा एक वा दुई वटा सिरिज खेलेर चित्त बुझाउनु पर्ने अबस्थामा रहेकोे टिम अहिले बर्ष को ७/८ महिना क्रिकेट मैदानमा बिताउन थालेको छ । यो फाल्गुन महिना भर पनि नेपाली क्रिकेट टिम निकै ब्यस्त रह्यो ।
सिनियर क्रिकेट टिम ले यो फाल्गुन महिनामा कुल १२ वटा अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमा क्यानडा , नेदरल्यान्डस् र नामिबिया को टिम विरुद्ध सिरिज सामेल हुन्छ । यसरी पछिल्ल्लो एक महिना भित्र नेपाल ले खेलेको क्रिकेटलाई नियाल्ने हो भने नेपाली टिम निकै खराब लयबाट गुज्रिरहेको छ भन्दा फरक पर्दैन । क्यानडा विरुद्ध को एकदिबसिय सिरिज ३-० ले जितेर हौसिएको नेपाली टिम ले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा निकै फितलो प्रदर्शन गर्दै सबै क्रिकेट प्रेमी लाइ निराश बनायो ।

लिग टु अन्तर्गत फेब्रुअरी १५ देखि काठमाडौं मा आयोजित त्रिदेशीय शृङ्खलाका चार खेलमध्ये एक खेल मात्र जित्न सक्यो । यसरी लिग टु मा नेपालको प्रदर्शन सोचेभन्दा निक्कै निराशजनक रह्यो । लिग–२ मा नामिबिया र नेदरल्यान्ड्ससँग समान दुईपटक खेल्दा नेपालले डच टिमलाई एक पटकमात्र हराउन सक्यो ।
लिग–२ को पहिलो खेलमा नेपालले नामिबिया संग ४ विकेट ले हार्दा घरेलु मैदान भएका एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अपराजित नेपालको यात्रा १६औँ खेलमा आएर टुंगिएको थियो। यसरी लिग टु को पहिलो सिरिज मा नेपाल ले प्राप्त गर्न सक्ने सम्भाबित ८ पोइन्ट मध्ये जम्मा २ पोइन्ट मात्र प्राप्त गर्न सक्यो । त्यसलगत्तै आयोजित ट्वान्टी–२० शृङ्खलामा पनि नेपालका लागि सम्झनलायक बन्न रहेन ।

डबल राउन्ड रोबिन लिग पद्धतिमा सञ्चालित शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनको र दोस्रो खेलमा खेलमा नेदरल्यान्ड्ससँग दुई रनको हार बेहोरेको थियो । तेस्रो खेलमा नामिबियालाई ६ विकेटले र चौथो खेलमा नेदरल्यान्ड्सलाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । तर मंगल बार सम्पन्न फाइनल खेलमा नेदरल्यान्डस् संग ६ विकेट ले पराजित भएपछि नेपाल को सिरिज जित्ने सपना अधुरै रह्यो ।
यसरी आइसीसी बरियता मा लगभग उस्तै उस्तै स्थान मा रहेका नेदरल्यान्डस् र नामिबिया जस्ता टिम विरुद्ध घरेलु भुमी मै निराशाजनक प्रदर्शन गर्नुले नेपाली क्रिकेट अहिले कतै धर्मराइरहेको त छैन भन्ने प्रश्न उठ्न थालेको छ ।
यो त्रिकोणात्मल सिरिज बाट हामिले धेरै पोजेटिम कुराहरू लिएका छौँ । धेरै यस्ता क्षेत्र पनि छन्, जहाँ हामीले अझै सुधार गर्नुपर्छ । डेथ ओभरमा हाम्रो बलिङ योजना अनुसार भइरहेको छैन । आउने दिनमा त्यो क्षेत्रहरूमा काम गर्ने हो ।

आशा छ, आगामी जुन मा हुने टि ट्वान्टी विश्वकप सम्म हामी तयार हुन्छौँ,” मंगलबार उपाधि भिड्न्तमा निराश बनेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले पत्रकारसँग कुरा गर्दै भनेको कुरा हो यो। सोही क्रममा नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि यी दुई शृङ्खलाबाट नेपाली टिमले सुधार गर्नुपर्ने कुराहरु देखेको र नेपाली टिमले दबाबमा पनि आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न सक्नुपर्ने कुरा राखे ।
टिम मा धेरै बदलाब हुदा बलियो र सन्तुलित टिम छान्नै मुस्किल
घरेलुु क्रिकेट प्रतियोगिता बढे संगै अहिले नेपाल टिम मा पर्ने खेलाडीको धेरै बिकल्प हुन थालेको छ । यसरी अहिले खेलाडी हरुमा राष्ट्रिय क्रिकेट टिममा पर्नको लागि पहिला भन्दा निकै संघर्ष गर्नुपर्ने स्थिति छ । राष्ट्रिय टिमको कुरा गर्ने हो भने अहिले ३/४ जना ठुला नाम लाइ छोडेर अरु कुनैपनी खेलाडी को टिम मा स्थान सुरक्षित छैन भन्दा फरक पर्दैन ।
३/४ खेलमा राम्रो प्रदर्शन नगर्नसाथ टिम बाट सिधै बाहिर रहनुपर्ने स्थिति ले गर्दा अहिले राष्ट्रिय टिम को खेलाडी मा पाएको मौका मा अनिवार्य राम्रो प्रदर्शन गर्नैपर्ने बाध्यता छ । यसले टिम को प्रदर्शन मा केही हदसम्म फाइदा गरेपनी टिम को सन्तुलन मा गहिरो असर गर्न पुगेको छ । प्रधानमन्त्री कप मा उत्कृष्ट ब्याटिङ गर्दै ५ बर्ष पछि राष्ट्रिय टिम मा फर्किएका मधेस प्रदेशका अनिल शाह आएपछि कुशल भुर्तेल र आसिफ शेख को जोडि नै फुटाउनु पर्ने स्थित सिर्जना हुनुले यो कुरा को थप पुष्टि गर्छ ।

क्यानडा विरुद्ध को सिरिज मा कुशल भुर्तेल लाई आराम दिएर अनिल शाह लाई ओपनिङ को जिम्मेवारी दिइएको थियो । त्यो मौका अनिल ले निकै राम्रोसँग उपयोग गर्दै एक शतक र एक अर्ध शतक बनाए तर त्यसपछि लिग टु को खेलमा भुर्तेल फेरि टिम मा आएपछि ३ नम्बर मा ब्याटिङ गरेका अनिल को प्रदर्शन सोचेअनुरुप हुन सकेन र फेरि बेन्च मै बस्न बाध्य भए । केही समय अघिसम्म नेपाल को राष्ट्रिय टिम को बेन्चमा बस्ने क्षमतावान खेलाडी को अभाव हुने गर्थ्यो तर अहिले धेरै क्षमतावान खेलाडीहरु धेरै हुनाले नेपालको कोच र कप्तान लाई एउटा सन्तुलित र बलियो टिम बनाउन टाउको दुखाइ बन्न पुगेको छ ।
तर नेपाल का मुख्य प्रशिक्षक मोन्टी देशाइ अहिले टिम मा केही असन्तुलन देखिएपनी आगामी बिश्वकप सम्म नेपाली टिम उत्कृष्ट र सन्तुलित हुने मा सबैलाई बिस्वस्त हुन आग्रह गर्द्छ्न । कोच मोन्टी को भनाइमा सहमति जनाउदै नेपाल का कप्तान रोहित पौडेल पनि टिम मा भैरहेको एक्स्पेरिमेन्ट लाई सामान्य ढङ्गले हर्नुपर्ने तर्क राख्दछ्न ।
बलिङ झन निराशाजनक
नेपाल ले औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको मात्र २८ बर्ष हुदैछ । यसबीच मा नेपाल ले खेलेका अधिकाङ्स खेल उत्कृष्ट बलिङ को भरमा जितेको छ । नेपाली क्रिकेट टिम को मुख्य हतियार भनेकै बलिङ हो । त्यो पनि मुख्य गरेर स्पिन बलिङ । तर अहिले यो अवस्था पुरै १८० को कोणमा परिणत भएको छ । आजकल नेपाल ले बलिङ ले भन्दा ब्याटिङ को कारण ले धेरै खेल जित्न थालेको छ ।

नेपाल ले खेलेको पछिल्लो १२ वटा खेल को कुरा गर्ने हो भने नेपाल को बलिङ क्षेत्र निकै खस्किएको भान हुन्छ । स्टार क्रिकेटर सन्दिप लामिछाने युवती बलात्कार को मुद्दामा परेपछि नेपाल टिम को बलिङ डिपार्टमेन्ट अहिले गहिरो संकट मा परेको छ । टिम मा लामो समय देखि खेल्दै आएका निकै अनुभबी बलर द्वय सोमपाल कामी र करण केसी को प्रदर्शन पनि दिनानुदिन खस्किदै गएको छ ।
क्यानडा विरुद्ध को सिरिज मा आराम दिइएका करण केसि ले पछिल्लो आठ खेलमा मात्र ४ विकेट लिएका छन भने उता सोमपाल कामिले पछिल्लो १० खेलमा मात्र ८ विकेट लिएका छ्न । उता टि ट्वान्टी स्पेसलिस्ट को रुपमा हेरिने अर्का फास्ट बलर अबिनाश बोहरा को प्रदर्शन त झन चरम निराशाजनक छ ।
उनले नेपाल बाट खेलेका पछिल्ला ६ खेलमा निकै महँगो साबित हुँदै मात्र ३ विकेट लिएका छ्न । उता अलराउन्डर को भुमिका मा खेल्ने अर्का तिब्र गतिका बलर गुल्सन झा को प्रदर्शन पनि उस्तै दयनीय छ । पछिल्लो समय ४ नम्बर मा ब्याटिङ गर्दै आएका गुल्सन ले नेपाल बाट खेलेका पछिल्लो ५ खेलमा त एक ओभर पनि बलिङ गर्न पाएका छैनन भने ८ खेलमा विकेट बिहिन रहेका छ्न ।

यसरी टिमको मुख्य बलर हरु नै धेरै खेलमा विकेट बिहिन हुनाले नेपाल को बलिङ अहिले इतिहासमै सबैभन्दा कमजोर स्थितिमा छ भन्ने कुरा प्रमाणित गर्छ । यो त भयो तिब्र गतिको बलर को अवस्था । अब कुरा गरौ स्पिन बलिङ को कुरा सन्दिप लामिछाने को अनुपस्थिती मा नेपाल को सबैभन्दा ठूलो हतियार को रुपमा आशा गरिएका बायाँ हाते अफ स्पिनर ललित राजवंसी ले पनि आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सकेका छैनन ।

लिग २ को केही खेलमा मात्र मौका पाएका उनी पछिल्लो केही खेल यता त पुर्ण रुपमा बेन्चमा बस्न बाध्य भएका छ्न । सन्दिप को बिकल्प को रुपमा हेरिएका युबा लेग स्पिनर मौसम ढकाल लाई केही खेलमा मौका दिएपनी उनको प्रदर्शन निकै फितलो हुन पुग्यो । मुख्य स्पिनर ललित भन्दा पार्ट टाइम बलिङ गर्ने दिपेन्द्र सिंह ऐरी , कुशल मल्ल को बलिङ प्रदर्शन निकै राम्रो रहेको छ । पछिल्लो समय निकै सुधारिएको बलिङ गर्दै आएका मल्ल ले पछिल्लो १२ खेलमा १० विकेट लिएका छ्न यो नेपाल को तर्फबाट कुनैपनी बलर ले पछिल्लो १२ खेलमा लिएको सबैभन्दा बढी विकेट हो ।
यी मुख्य बलर बाहेक अन्डर नाइन्टिन टिम बाट आएका आकाश चन्द , हेमन्त धामी र प्रतिश जिसी लाई केही खेलमा मौका दिएपनि उनीहरुको प्रदर्शन पनि खासै आशालाग्दो हुन सकेन । यसरी टि ट्वान्टि बिश्वकप आउन केही महिना मात्र बाकी रहेकोे नेपाली क्रिकेट को बलिङ लाई लिएर चौतर्फी रुपमा निराशा छाएको छ ।
