आईपीएल खेल्न सन्दीप लामिछाने युएई पुग्दै

१३ औं संस्करण इन्डियन प्रिमियर लिग ( आईपीएल ) सेप्टेम्बर १९ देखि सुरु हुँदैछ। करेबियन प्रिमियर लिग टि-२० मा सहभागिता जनाएपछि नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईपीएल खेल्न आइतबार युएई पुग्दैछन्। 

लिग अन्तर्गत दिल्लीले आफ्नो पहिलो खेल किंग्स-११ पन्जाब बिरुद्ध सेप्टेम्बर २० तारिखमा खेल्नेछ। आईपीएलमा दिल्ली क्यापीटल्सको लगातार तेश्रो सिजन प्रतिनिधित्व गर्न लागेका सन्दिपले युएई पुगेपछि ६ दिन अनिवार्य क्वारेन्टाइनमा बिताउनेछन्। त्यस क्रममा सन्दिपको २ पटक कोभिड-१९ टेस्ट हुनेछ। दुवै टेस्टको रिपोर्ट नेगेटिभ आएको खण्डमा त्यसपछि सन्दिपले टिमसंग जोडिने मौका पाउनेछन्।

सन्दिप सेप्टेम्बर १९ तारिखसम्म क्वारेन्टाइनमा बस्नु पर्ने हुँदा पन्जाब बिरुद्धको पहिलो खेल गुमाउने निश्चित जस्तो छ। दिल्लीको दोश्रो खेल सेप्टेम्बर २५ मा चेन्नाई सुपर किंग्स बिरुद्ध रहेको छ जुन खेलमा भने सन्दिप उपलब्ध हुनेछन्।

विदेशी खेलाडीको रुपमा अन्तिम-११ मा अल-राउण्डर मार्कस स्टोइनिश तथा फास्ट बलरद्वय कागीसो रबाडा र किमो पौलले मौका पाउने सम्भावना छ। गत सिजन बिग ब्यासमा सर्वाधिक विकेट लिएका राम्रा डेथ ओभर बलर ड्यानियल स्याम्स पनि अन्तिम-११ को दाबेदार हुन्। सन्दिपले मौका पाउन विदेशी तिब्र गति बलरले कम मौका पाउनु पर्छ र युएईको पिचको स्वभावका कारण त्यसको सम्भावना पनि छ। सिपिएल टि-२० मा राम्रो लय, युएईको स्पिन मद्दत गर्ने पिच तथा अमित मिश्राको पछिल्लो फर्म र फिटनेसको कारण सन्दिपले यो पटक अन्तिम-११ मा बढी मौका पाउन सक्नेछन्।

दिल्ली कापिटल्स  :-श्रेयस ऐयर, पृथ्वी शा, रिशभ पन्त, शिखर धवन, अक्षर पटेल, कीमो पल, अमित मिश्रा, आवेश खान, हर्शल पटेल, इशान्त शर्मा, कागिसो रबाडा, सन्दिप लामिछाने, रभीचन्द्रनअश्विन, अजिंके रहाने, ड्यानियल स्याम्स , एलेक्स केरी, शिमरन हेटमायर, एनरिक नोर्किया, मार्कस स्टोइनिस, मोहित शर्मा, ललित यादव र तुषार देशपान्डे।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments