कोलकाता विरुद्ध दिल्लीको जीत, दिल्ली शिर्ष स्थानमा

इन्डियन प्रिमियर लिग( आइपिएल)मा कप्तान श्रेयस ऐयरको सनदार प्रदर्शनमा दिल्ली क्यापिटल्सले कलकता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ। शनिबार शरजाह क्रिकेट रंगशालामा भएको खेलमा कलकताले टस जित्दै दिल्लीलाई ब्याटिङको निम्तो दिएको थियो। दिल्लीले २० ओभरमा ४ विकेटको क्षतीमा विशाल २२८ रन बनाएको थियो।

दिल्लीको लागि कप्ताम श्रेयस ऐयर र पृथ्व सहले उत्कृष्ट ब्याटिङ गरे। ओपनर सहले ४१ बलमा ४ छक्का र ४ चौकाको मद्दरमा ६६ रन जोडे। अर्का ओपनर शिखर धवन १६ बलम २६ रन जोडेर आउट भए। त्यसपछि ब्याटिङ गर्न आएक कप्तान श्रेयस ऐयरले बिस्पोटक ब्याटिङ गर्दै ३८ बलमा ८८ रन बनाए। उनले ७ चौका र ६ छक्का प्रहार गरे।

रिशव पन्तले १७ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३८ रन जोडे। कलकताको लागि आन्द्रे रसेलले ४ ओभरमा २९ रन दिएर सार्वधिक २ विकेट लिए। नगरकोटी र चर्कभर्तिको नाममा १-१ विकेट रह्यो। २२९ रनको विजयी लक्ष्य पछ्याएको कलकताले पूरा २० ओभर खेल्दै ८ ओभरको क्षतिमा मात्र २१० रन बनाउन सक्यो। ओपनर शुभ्मन गिल २८ रन बनाएर आउट भए।

सुनिल नरायण ३ रन बनाएर नोर्तिजेको बलमा आउट भए। त्यसपछि ब्याटिङ गर्न आएका नितेश रानाले ३५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५८ रन जोडे। रसेल ८ बलमा १३ रन जोडेर आउट भए। कप्तान दिनेश कार्तिक ६ रन बनाएर आउट भए।


त्यसपछि ब्याटिङ गर्न आएका मोर्गान र त्रिपाठीले सनदार ब्याटिङ गरेपनी टोलिलाई जित दिलाउन सकेनन्। मोर्गान १८ बलमा १ चौका र ५ छक्काको मद्दतमा ४४ रन बनाएर आउट हुदा त्रिपाठी १६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन बनाएर आउट भए।

दिल्लीको लागि अनृच नोर्तिजेले सार्वधिक ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिए। हर्सल पटेलले २ विकेट लिदा कगिसो रबडा, मार्कुस स्टोनिस र अमित मिश्राको नाममा १-१ विकेट रह्यो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments