काभानी म्यान्चेस्टर युनाईटेडमा, आर्सनलमा नयाँ मिडफिल्डर
उरुग्वे तथा पि एस जि का ३३ बर्षिय स्ट्राइकर इडिन्सन काभानी ईंग्लिश क्लब म्यान्चेस्टर युनाईटेड मा अनुबन्ध भएका छ्न। फ्रेन्च क्लब पि एस जि मा उनी २०१९/२० सिजन सकिन साथ
क्लब बिहिन अवस्था मा रहेका थिए ।

त्यसैले उनलाइ म्यान्चेस्टर युनाईटेड ले फ्री ट्रान्सफर मा आफ्नो क्लब मा भित्र्याउन सफल भयो ।
फ्रेन्च क्यापिटल पेरिस मा ७ बर्ष बिताएका उनले त्यहा रहदा ३०१ खेल मा २०० गोल गर्नु को साथै ४३ असिस्ट गरेका थिए ।

इङलिस क्लब आर्सनल ले घाना तथा एथ्लेटिको म्याड्रीड का मिड्फिल्डर थोमस पार्टे भित्र्याउन सफल भएको छ। ट्रान्सफर डेडलाइन डे को अन्तिम समय मा उनलाइ प्रेमियर लिग क्लब आर्सनल ले आफ्नो क्लब मा भित्र्याउन सफल भयो २७ बर्षिय मिड्फिल्डर पार्टे को लागि आर्सनल ले स्पेनिस क्लब एथ्लेटिको म्याड्रीड लाई ५५ मिलियन पाउन्ड तिर्ने छ। अब उनले लण्डन क्लब बाट १८ नम्बर को जर्सी लगाएर खेल्ने छन।
