चेल्सी को बिजयी यात्रा जारी,म्यान्चेस्टर युनाईटेड भने पराजित

फ्रेन्च क्लब रेनेशमाथि सहज जीत हासिल गर्दै चेल्सीले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायम राखेको छ । आफ्नो घरेलु मैदानमा चेल्सी ३–० गोलले विजयी भएको हो ।

सिजनको पहिलो खेलमा सेभियासँग बराबरी खेलेको चेल्सीले त्यसपछि क्रासनोडारलाई भने पराजित गरेको थियो ।

टिमो वेर्नरले खेलको १० औँ मिनेटमा पेनाल्टीबाट चेल्सीलाई अग्रता दिलाए । डाल्बर्टले फल हानेपछि चेल्सीले पेनाल्टी पाएको थियो । त्यसपछि सोही डिफेन्डरले ह्यान्डबल गरेपछि चेल्सीले दोस्रो पेनाल्टी पायो भने रेनेश दश खेलाडीमा सिमित बन्यो । उक्त पेनाल्टीलाई पनि वेर्नरले सजिलै गोलमा परिणत गरे ।

दोस्रो हाफमा ट्यामी एब्राहमले अर्को गोल थप्दै चेल्सीको जीत सुनिश्चित गरे ।चेल्सी र सेभियाको समान ७ अंक रहे पनि गोलअन्तरको आधारमा चेल्सी शीर्ष स्थानमा छ ।

उता, समूह एचमा रहेको इङलिस क्लब म्यान्चेस्टर युनाइटेड भने टर्किस क्लब इस्तानबुल बसाक्सेहिरसँग २–१ गोलअन्तरले पराजित भएको छ।

इस्तानबुल को लागि डेम्बा बाले खेलको १२ औँ मिनेटमा अग्रता दिलाए भने एडिन भिस्काले खेलको ४० औँ मिनेटमा अग्रता दोब्बर बनाए । लगत्तै एन्थोनी मार्सियालले युनाइटेडका लागि गोल फर्काए । त्यसपछि खेल मा कुनै गोल हुन सकेन र युनाइटेड हार ब्यहोर्न बाध्य बन्यो।

त्यस्तै अन्य खेलमा बार्सिलोना ,युभेन्टस ,ब्रोसिया डर्ट्मुन्ड
सेभियाले आ आफ्नो खेलमा जित हात पार्दा गत सिजनको फाइनलिस्ट फ्रेन्च जायन्ट पी एस जि भने जर्मन क्लब आर बि लेप्जिग सङ २-१ गोल अन्तरले पराजित भयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments