बिराज महर्जन को सुखद बिदाइ
हुन त बिदाइ शव्द आफै मा सुखद र प्रिय शब्द होइन यो आफैमा दु:खद छ, तर बिदाइ लाई केही सुखद र अबिस्मरणिय बनाउन सकियो भने त्यो पल निकै मीठो हुन जान्छ , यो कुरा ब्याबसायिक खेलाडीहरुको हकमा पनि उत्तिकै लागू हुन्छ ।
आफ्नो खेल जिबन को अन्तिम खेलमा आफ्नो राष्ट्र लाई उपाधी दिलाउदै आफ्नो खेल जीवन को अन्त्य गर्ने खेलाडी बिरलै हुन्छन अथवा यो क्षेण सबैको भाग्य मा हुदैन तर यस्तै भाग्यमानी खेलाडी बनेका छ्न नेपाली राष्ट्रिय फूटबल टोलि का पुर्ब कप्तान बिराज महर्जन ।

बङ्गलादेशबिरुद्ध थ्री नेसन्स कप को फाइनलमा ८९ औं मिनेटमा मैदान प्रवेश गरेर आफ्नो खेल जीवन को अन्तिम खेल खेलेका बिराज ले आफ्नो कप्तानी मा देश लाई थप एक उपाधी दिलाउन सफल भए ।
केही हप्ता अगि मात्र आफ्नो सन्यास को घोषणा गरेका उनले आफ्नो खेल जीवन टुंग्याउने निर्णय सहि साबित भयो । हिजो को फाइनल खेलमा बिराज मैदान प्रबेश गर्दा खेल सकिन केही मिनेट मात्र बाकी थियो खेलमा नेपाल २-१ ले अगाडि थियो ।
बिराज मैदान प्रवेश गर्नु अघि केही बेर दर्शक तर्फ हेरेर भावुक बने । हात हल्लाए र मैदान मा छिरे । कप्तान किरण चेम्जोङ्गबाट आर्म ब्याण्ड लिएर रोहित चन्द ले उनलाइ कप्तान को जिम्मा दिएका थिए । बिराज को लागि निकै छोटो समय थियो तर उनले त्यो अबधी भरी डटेरै देश को लागि अन्तिम खेल खेले ।
१ मिनेट नर्मल टाइम र ६ मिनेट एक्स्ट्रा टाइम गरेर उनले ७ मिनेट जति मैदानमा मा बिताइरहदा रेफ्रिको अन्तिम सिठी बज्यो र उनको खेल जीवन पनि औपचारिक रुपमा सकियो र यसको साथसाथै यो सँगै नेपालले उपाधि पनि जित्यो ।
आफ्नो कप्तानीमा २०१६ मा तीन महिनाको अन्तरमा नेपाललाई तीन उपाधि जिताउन सफल बिराजको करियरमा यो चौथो उपाधि हो । यो संगै उनी नेपालको सबैभन्दा सफल फूटबल कप्तानको रुपमा आफुलाइ उभ्याउदै सन्यास लिए ।
बिराज महर्जन को १४ बर्ष को खेल जिबनमा केही मिठा संयोग पनि हुन पुग्यो। सन २००८ को मार्च मा पोखरामा पाकिस्तान बिरुद्ध मैत्रीपूर्ण खेलमा ८९ औं मिनेटमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिम मा डेब्यु गरेका बिराजको अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल पनि ८९ औं मिनेटबाट मैदान प्रवेश गरेर हुन पुग्यो। त्यस्तै उनको डेब्यु खेल नेपाली पात्रो अनुसार चैत्र महिना मै भएको थियो भने अन्तिम खेल पनि चैत्र महिना मै हुन पुग्यो ।
उनी नेपालको तर्फबाट सर्वाधिक क्याप जित्ने खेलाडी समेत भए । सोमबारको फाइनल खेल उनको करिअरको ७३ औं खेल थियो । बिराज भन्दा अघि नेपाल को लागि सबैभन्दा बढी क्याप जित्ने खेलाडी थिए राजु काजी शाक्य उनलेे नेपाल को राष्ट्रिय टिम बाट ६८ खेल खेलेका थिए ।
यो रेकर्ड उनले सन २०१८ मै टोडिसकेको भए पनि लेफ्ट ब्याक र राइट ब्याक दुबै स्थानबाट खेल्न सक्ने बिराजले नेपाल बाट एक गोल समेत गरेका छ । सन २००९ मा किर्गिस्थान विरुद्ध उनले फ्री किक मार्फत गोल गरेका थिए ।
सन् २०१५ मा भारतको त्रिबेन्द्रम मा भएको साफ च्याम्पियनसिप अन्तर्गत डिसेम्बर २७ को दिन घरेलु टोली भारत विरुद्धको खेल बाट नेपाली टोलीको कप्तानी सम्हालेका उनले कुल १८ खेलमा नेपालको कप्तानी गरेका छ्न ।
नेपालले बिराजकै कप्तानीमा बँगबन्धु गोल्डकप, साग स्वर्ण र एएफसी सोलीडारिटी कप जितिसकेको थियो । तर घरेलुु मैदानमा नेपाल ले ३७ बर्ष पछि उपाधि उचालेको हो । लगभग ८ हजार भन्दा बढी घरेलु दर्शक का अगाडि बिराजलाई अरु राष्ट्रिय खेलाडीहरुले गार्ड अफ अनर दिएर सम्मान गरे ।
उनलाई आफ्नो खेलाडीहरुले नै पालै पालो अंकमाल गरे । त्यो क्षेण बिराज भावुक देखिन्थे । उनको आखाबाट निरन्तर आसु बह्यो । उनलाई फाइनल खेल का प्रमुख अतिथी प्रधानमन्त्री के पी शर्मा ओलीले सन्यासको ब्लेजर लगाइदिएर सम्मान समेत गरेका थिए । खेलको कप्तानी किरन चेम्जोङले गरेको भएपनी सुरुमा ट्रफि बिराजले नै उचालेका थिए । उनी खेलाडीरुको हुलमा ब्लेजर लगाएर नै ट्रफि समात्दै खुशीयाली मनाए ।
आफ्नो खेल जीवन सुरु गर्दा स्वयं बिराज महर्जन आफैले पनि सोचेका थिएनन होला आफ्नो बिदाई यस्तो भब्य र बिशेष हुन्छ भनेर । नेपाली फुटबल को इतिहास मै सबैभन्दा भब्य र सम्मानित बिदाई उनै बिराजको नाम मा रह्यो एक सफल फुटबलर र सफल कप्तान को रुपमा । ब्याबसायिक खेल जीवन बाट सन्यास लिए पनि आगामी दिन र अन्य काम को लागि उनलाइ हाम्रो तर्फ बाट धेरै शुभकामना ।
