केन विलम्सन सनराइजर्स को नया कप्तान मा नियुक्त

न्युजिल्यान्ड का कप्तान केन विलियम्सन इन्डियन प्रिमियर लिग आइपिएल क्लब सनराइजर्स हैदराबाद को नया कप्तान मा नियुक्त भएका छ्न । उनले अष्ट्रेलियन क्रिकेटर डेभिड वार्नर को ठाउँ लिने छ्न । यो सिजन लगातार खराब प्रदर्शन गरेको हैदराबाद ले वार्नर लाई कप्तान पदबाट हटाउदै केन लाई कप्तान को जिम्मेवारी दिएको हो । केन विलियम्सन यस अघि २०१९ मा पनि एक सिजन हैदराबाद को कप्तान को जिम्मेवारी सम्हालेका थिए । यो सिजन हौदराबाद ले ६ खेल खेल्दा ५ मा हार र एक खेल मा जित हात पार्दै लिग तालिका को पुच्छर मा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments