ईंग्लिश क्लब चेल्सी को सहज जित

युरोपेली च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले सहज जित हात पारेको छ ।

स्पानीस क्लब सेभिया को घरेलुु मैदानमा बुधबार राति भएको खेलमा चेल्सीले पोर्चुगिज क्लब पोर्टोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन मासो न माउन्ट र बेन चिलवेलले एक एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८५ औं मिनेट चिलवेलले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

जितसँगै चेल्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । सन २०१४ पछि ईंग्लिश क्लब चेल्सी च्याम्पियन्स लिग को सेमिफाइनलमा पुग्न सकेको छैन ।उता पोर्चुगिज क्लब पोर्टोलाई भने अर्को चरण मा पुग्न को लागि अब हुने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।

चेल्सी र पोर्टोबीचको दोस्रो लेग अप्रिल १३ मा सोही सेभिया कै मैदानमा हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments