नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान

विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा त्यसअघि पपुवा न्युगिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गरेको छ।

मंगलबार बिहान ९ बजे मस्कट एयरको विमानबाट नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको हो। ओमान प्रस्थान गर्ने खेलाडीहरुलाई सोमबार बेलुका क्यानले भर्चुवल विदाई गरेको थियो।

ओमान पुगेर नेपाली टिम एक दिन क्वारेन्टाइनमा बस्नेछ जुन दौरान टिमको कोभिड-१९ टेस्ट गरिनेछ जसको नतिजा नेगेटिभ आएको खण्डमा खेलाडीहरु अभ्यासमा सामेल हुन पाउनेछन्। वर्षाको कारण नेपालमा अभ्यास प्रभावित बनेपछि नेपाली टिम चाडै ओमान प्रस्थान गर्न लागेको हो।

भ्रमणमा १७ सदस्यीय नेपाली टोलि सहित प्रशिक्षक डेभ व्हाटमोर, टिम व्यवस्थापक दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो बिक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाई गोहिल गरि २२ जना रहेका छन्। भ्रमणको लागि क्यानले शनिवार टिमको घोषणा गरेको थियो जसमा पहिलो पटक गुल्सन झा सहित एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक कुशल भुर्तेल र आसिफ शेखले समेत स्थान बनाएका थिए।

ओमान भ्रमण अन्तर्गत नेपालले सेप्टेम्बर ५ र ८ तारिखमा पपुवा न्यु गिनीसंग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ जसमध्ये दोश्रो खेल दिवा-रात्री ( डे-नाइट ) हुनेछ। नेपालले पहिलो पटक दिवा-रात्री एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो। ओमानसंग र अमेरिकासंग त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० तारिखसम्म खेलिनेछ जसको खेलतालिका हालसम्म सार्वजनिक भएको छैन।

१७ सदस्यीय नेपाली टिम : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments