नेपाल द्वारा मलेसिया ६९ रनले पराजित
ट्राइ नेसन्स टी ट्वान्टी सिरिज अन्तर्गत नेपाल ले मलेसिया लाइ ६९ रनले पराजित गरेको छ । नेपाल ले दिएको २१८ रनको बिशाल लक्ष्य लिएर मैदानमा उत्रिएको मलेसिया ले २० ओभरमा सम्पुर्ण विकेट गुमाउदै १४८ रन बनाउन सक्यो । मलेसिया को लागि अमिमुद्दिन रामली ले ४१ तथा कप्तान अहमद फैज ले ३१ रन बनाउने बाहेक अरुले गतिलो रन बनाउन सकेनन । बलिङ तर्फ नेपाल को लागि सोमपाल कामी ले ३ , कमल सिंह ऐरी ले ३ सन्दिप लामिछाने ले २ विकेट हात पार्दा सुशन भारी ले १ विकेट लिए । यस अघि टि यु क्रीकेट ग्राउन्ड मा टस जितेर मलेसिया ले पहिलो फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको नेपाल ले २० ओभरमा ७ विकेट गुमाउदै २१७ रन बनाएको थियो । नेपाल को लागि करन केसी ले सर्बाधिक ४५ रन आसिफ शेख ले ४२ र कप्तान ज्ञानेन्द्र मल्ल ले ४१ रनको योगदान दिए त्यसबाहेक दिपेन्द्र सिंह ऐरी ले ३३ , कुशल भुर्तेल ले १६ रन तथा बिनोद भण्डारी ले ६ रन बनाएका थिए । बलिङ तर्फ मलेसिया का फिर्ती शाम , साइद अजिज र अनवार रहमान ले २/ २ तथा र मुहमद वाफिक ले १ विकेट हात पारे । यस अघि नै फाइनलमा प्रवेश गरेको नेपाल को यो औपचारिक जित हो । अब फाइनलमा नेपाल र नेदरल्यान्डस बिच को खेल आगामी शनिबार हुने छ ।