चेल्सी चौथो स्थान मा उक्लियो

ईंग्लिश प्रिमियर लिग को पछिल्लो खेल मा न्यु क्यासल युनाईटेड लाई २-० गोल अन्तरले हराउदै चेल्सी लिग तालिका को चौथो स्थान मा उक्लन सफल भएको छ । नया मुख्य प्रशिक्षक थोमस टुचेल आएपछि निकै उत्कृष्ट खेल खेलिरहेको चेल्सी को यो लगातार चौथो जित हो । घरेलुु मैदान स्टाम्फोर्ड बृज मा भएको खेल मा चेल्सी लाई जिताउन फ्रेन्च स्ट्राइकर ओलिभियर जिरुड र जर्मन स्ट्राइकर टिमो बेर्नर ले १/१ गोल गरे । खेलको २० मिनेट मा स्ट्राइकर टामी अब्राहम घाइते भएर मैदान प्रवेश गरेका जिरुड ले ३१ औ सुन्दर मिनेटमा गोल गर्दै घरेलुु टोलिलाइ अग्रता दिलाएका थिए , त्यसको ८ मिनेट पछि टिमो वेर्नर ले गोल गर्दै खेलमा २-० को अग्रता बनाए । टिमो वेर्नर को पछिल्लो १४ खेलमा यो पहिलो लिग गोल हो , निकै खराब लय बाट गुज्रिरहेका उनले १०० दिन पछि बल्ल गोल गरेका हुन । खेलको दोश्रो हाफ मा पाहुना टिम ले केही राम्रा मौका पाएपनी सदुपयोग गर्न सकेन । यो जित संगै चेल्सी २४ खेल बाट ४२ पोइन्ट को साथ लिग तालिका को चौथो स्थान मा उक्लन सफल भएको छ ।

त्यस्तै गएराती भएको अर्को खेल मा शेफिल्ड युनाईटेड लाई ३-० ले हराउदै वेस्ट ह्याम लिग तालिका को पाचौ स्थान मा पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments