थ्री नेसन्स कप बिजेता खेलाडीलाई सरकारले जनही चार लाख दिने

यसै साता काठमाडौं मा सम्पन्न थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सरकार ले जनही ४-४ लाख पुरस्कार दिने भएको छ । आज बिहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको सरकार का प्रबक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छ्न । नेपालले फाइनलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो । उक्त फाइनलमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली पुर्ब सभामुख सुबाश चन्द्र नेम्बाङ लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments