नेपाल पुलिस को पहिलो जित सुदुर पश्चिम् ९ विकेट ले पराजित

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट अन्तर्गत भर्खरै सकिएको खेल मा नेपाल पुलिस क्लब ले सुदुर पश्चिम् प्रदेश लाई ९ विकेट ले पराजित गरेको छ ।

जारी प्रतियोगिता मा यो पुलिस को पहिलो जित हो । टि यु क्रीकेट मैदानमा १११ रन को सामान्य लक्ष्य लिएर मैदान उत्रिएको पुलिस ले १७ ओभरमा मात्र १ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्यो । पुलिस को जित मा सुनिल धमला ले ५३ रन तथा कुशल भुर्तेल ले ५१ रन बनाए ।

यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको सुदुर पश्चिम् ३३ ओभरमा ११० रन मै समेटीएको थियो । खेल मा चार विकेट लिने पुलिस का सागर ढकाल म्यान अफ दि म्याच घोषित भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments