सुदुर पश्चिम् ६२ रन मै अल आउट

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट मा सुदुर पश्चिम् प्रदेश ६२ रन मै समेटिएको छ । मुलपानी क्रिकेट ग्राउन्ड मा टस हारेर पहिलो ब्याटिङ गरेको सुदुर पश्चिम् २७.४ ओभरमा ६२ रन मै अल आउट भयो । उसका लागि नारायण जोशी ले १७ तथा कप्तान सन्तोष भट्ट ले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अङ्क छुन सकेनन । सुदुर लाई सस्तै मा समेट्न लुम्बिनी का कप्तान कृष्ण कार्की ले ४ विकेट लिदा अनिल खरेल र बिक्रम भुसाल ले २/२ विकेट लिए । अब ६३ रन को झिनो लक्ष्य लिएर लुम्बिनी ले केही बेर मा ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments