जमैका पराजित ट्रिनबागो फाइनलमा

जमैका तलावाजलाई ९ विकेटले सहजै पराजित गर्दै ट्रिनबागो नाइट राइडर्स करेबियन प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ। लिगमा ११ औं खेलमा अपराजित यात्रा कायम गर्दै ट्रिनबागोले तेश्रो पटक फाइनल यात्रा तय गरेको हो। यस अघि २०१७ र १८ मा ट्रिनबागो फाइनल पुगेको थियो र दुवै संस्करणको उपाधि जित्न सफल भएको थियो।

सेमीफाइनलमा जमैकाले दिएको १०७ रनको लक्ष्य ट्रिनबागोले मात्र १ विकेट गुमाएर १५ ओभरमा पुरा गर्यो। लक्ष्य पछ्याउने क्रममा ४ रन बनाएका ओपनर सुनिल नारायणलाई दोश्रो ओभरमा मुजिब उर् रहमानले बोल्ड गरेता पनि त्यसपछि जमैका विकेट निकाल्न असफल रह्यो। अर्का ओपनर लेन्डल सिमोन्सले टाएन वेबस्टरसंग दोश्रो विकेटको लागि  अविजित ९७ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। 

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछाने ट्रिनबागो नाइट राइडर्ससंगको सेमीफाइनल खेलमा पहिलो पटक विकेटविहिन भएका छन्। लिग अन्तर्गत यस अघि १० मध्ये ९ खेलमा बलिंग गरेका सन्दीपले सबै खेलमा विकेट लिने क्रममा १२ विकेट लिएका थिए। लिगको अन्तिम खेलमा जमैका पराजित भएपछि सन्दिपले सिपिएलमा कुल ११ खेलमा १० खेलमा बलिंग गर्दै ११ विकेट लिंदै यो वर्षको सिपिएल यात्रा समाप्त गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments